समाज

गोंगबु गणेशस्थान नजिक सुटकेसमा टाउको विनाको शव भेटियो

गोंगबु गणेशस्थान नजिक टाउको विनाको पुरुषको शव फेला परेको छ। महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार टाउको विनाको शव सुटकेसमा फेला परेको हो।  सुटकेसमा टाउको र घुँडामाथिको शव राखिएको थियो।  

प्रहरीले कुकुरको सहायताबाट शव भएको सुटकेसको पूर्वोत्तर ३ सय मिटर टाढा टाउको र खुट्टा फेला पारेको छ। मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २५ श्रावण २०७७ ०४:४४ आइतबार

शव