समाज

प्रदेश १ मा ६१ जना कोरोना संक्रमित थपिए

शनिबार प्रदेश  नं. १ मा कोभिड–१९ का संक्रमित ६१ जना थपिएका छन्।  प्रदेशको उच्च जोखिम जिल्ला मोरङमा ४८ जनामा कोरोना पोजेटिभ भेटिएको छ।मोरङमा ४८, सुनसरीमा १० र ३ जना प्रदेश १ बाहिरी जिल्लाको रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मोरङको विराटनगरमा २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १–१ जना महिला, सुनसरीको धरानमा २ महिला २ पुरुष, दुहबीमा ३ पुरुष १ महिला, इनरुवामा २ पुरुष, प्रदेश २ को महोत्तरीका १ महिला  १ पुरुष र सप्तरीका १ पुरुषमा कोरोना पोजेटिभ पाइएको मन्त्रालयले जनाएको छ।  

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ८३ पुगेको छ भने शनिबार १ हजार ५ सय ३४ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्य १४ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। प्रदेश १ मा शनिबारसम्म ५१ हजार ६ सय ६६ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २४ श्रावण २०७७ १०:४० शनिबार

कोरोना संक्रमित