समाज

नुवाकोटमा १० दिन निषेधाज्ञा

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय नुुवाकोटले १० दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। शनिबार राति १२ बजेदेखि लागू हुने गरी १० दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए।  

सुरुका दिनमा विदेशबाट आएर क्वारेन्टिनमा बसिरहेका व्यक्तिलाई मात्र कोरोना देखिएकोमा अहिले संक्रमितको सम्पर्कमा आएका व्यक्तिमा समेत कोरोना देखिन थालेपछि कार्यालयले सतर्कता अपाउन थालेको हो। उनका अनुसार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहीबारको निर्णयलाई निरन्तरता दिँदै जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ।  

निषेधाज्ञा जारी हुने क्षेत्रहरूमा विदुर नगरपालिका, लिखु गाउँपालिका र सूर्यगढी गाउँपालिकाको सम्पूर्ण क्षेत्र, बेलकोटगढी नगरपालिकाको वडा नम्बर ५, ७, ८, १०, ११, १२ र १३ का सम्पूर्ण क्षेत्र, पञ्चकन्या गाउँपालिकाको वडा नम्बर १, २ र ३ का सम्पूर्ण क्षेत्र, शिवपुरी गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ का सम्पूर्ण क्षेत्र र ककनी गाउँपालिकाको पासाङ ल्हामु मार्ग आसपासका वडा नम्बर १, २, ४ र ६ का सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।  

जिल्लामा हालसम्म ५३ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ३६ जना निको भएर घर फर्किसकेका कार्यालयले जनाएको छ।

प्रकाशित: २४ श्रावण २०७७ ०३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App