समाज

भागेका दुबैं विरामी सम्पर्कमा : टेकु अस्पताल

हराएका दुबै विरामी सम्पर्कमा आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्प्तालले जनाएको छ । अस्पतालका निर्देशक सागर भण्डारीकाअनुसार भागेका दुबै जना बिहिबार साँझ नै सम्पर्कमा आएका हुन् ।

हराएका मध्येमा ३० वर्षीय पुरुष अस्पतालमा भर्ना भएका विरामी हुन् । उनी घर गएका थिए । उनी साउन ११ गते भर्ना भएका थिए । बिहिबार रिपोर्ट आउने भनेपछि उनी घर गएका रहेछन् । अर्का एक जनालाई एक सय दुई मा सम्पर्क गरेपछि भेटिएको र उनी काठमाडौं मेडिकल कलेजको कोभिड १९ अस्पतालमा भर्ना भएको बताए ।

प्रकाशित: २३ श्रावण २०७७ ११:१३ शुक्रबार

टेकु अस्पताल