राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमडौका तीन वटा अदालतका कर्मचारीहरुको स्वाब नमूना परीक्षण गर्दैछ । बिहिबार विशेष अदालत, जिल्ला अदालत काठमाडौं र सर्वोच्च अदालत गरी ३ सय जनाको नमूना संकलन गरिरहेको महाशाखाको सर्भिलेन्स शाखाले जनाएको छ ।
शाखाका मेडिकल टेक्नोलोजिष्ट धनराज पौडेलका अनुसार अदालतमा दैनिक धेरैको आवातजावात गर्ने भएकोले जोखिम स्थलको रुपमा रहेकाले परीक्षण गर्नु परेको हो ।
प्रकाशित: २२ श्रावण २०७७ १०:१९ बिहीबार