समाज

नेकपा अध्यक्ष दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना देखिएको छ। दाहालको सुरक्षामा कार्यरत ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो।  

दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार वुधबार दाहाल परिवार, सचिवालय र सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएको थियो। त्यसमध्ये नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत ६ जनालाई कोरोना देखिएको उनले बताए। बाहिरी सुरक्षा घेरामा कार्यरत सुरक्षाकर्मीमा कोरोना देखिएको उनले जानकारी दिए।  

 

प्रकाशित: २२ श्रावण २०७७ ०७:०९ बिहीबार

कोरोनाभाइरस