समाज

उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

पर्सामा उपचारको लागि अस्पताल आउँदै गर्दा मृत्यु भएकी एक १८ वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ। मृत्यु हुने युवती पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वास्थित मामाघरमा बस्दै आएकी  थिइन। सोमबार राति बान्ता हुन थालेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजमा लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको चिकित्सकले बताएका छन्।  

मृतक युवतीको शव नेशनल मेडिकल कलेजमै राखिएको अवस्थामा स्वाब संकलन गरी नारायणी अस्पतालमा पठाइएको थियो। मंगलबार राति पिसिआर परीक्षण रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए।  

 

 

प्रकाशित: २१ श्रावण २०७७ ०५:५१ बुधबार

कोरोनाभाइरस मृत्यु