समाज

१५ हजारभन्दा बढी संक्रमित निको

पछिल्लो २४ घन्टामा थप ६५ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लाका आइसोलेसन सेन्टरबाट पछिल्लो २४ घन्टामा ६५ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म १५ हजार २६ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । ७१.५२ प्रतिशत संकमित उपचारपछि निको भएर घर फर्केका छन् । हालसम्म ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ०.००२८ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रादेशिक तथ्यांक अनुसार डिस्चार्ज हुनेमा प्रदेश १ मा ८ सय ७५ जना डिस्चार्ज भएका छन् । प्रदेश २ मा ३ हजार १ सय ७६ जना, बागमती प्रदेशमा ५ सय ४३ जना, गण्डकी प्रदेशमा १ हजार ३ सय ३० जना, प्रदेश ५ मा ४ हजार ६६ जना, कर्णाली प्रदेशमा १ हजार ७ सय २३ जना र सुदुरपश्चिम प्रदेशमा ३ हजार २ सय ४८ जना उपचारपछि निको भएर घर फर्केका छन् । 

प्रकाशित: २० श्रावण २०७७ ११:२३ मंगलबार

संक्रमित डिस्चार्ज काेराेना संक्रमित निको