समाज

आज गाईजात्रा पर्व मनाइँदैं

आज गाईजात्रा पर्व काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा विशेष रुपमा मनाईदै छ । विशेषगरी नेवारी समुदायले मनाउने यो वर्षमा वर्षभरी दिवंगत भएका आफन्तहरुको नाममा गाईको अनुहार र गणेशको चित अंकित गाई बनाएर शहर परिक्रमा गराउने चलन छ । विश्वव्यापी बनेको कोरोना महामारीको जोखिम कायमै रहेका बेला उपत्यकामा यो वर्ष मनाउनेहरुको भिड देख्न सकिन्छ । गाईको अनुहार र गणेशको चित अंकित गाई बनाएर शहर परिक्रमा गराउँदा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी गर्ने र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

शहरमा गाई पाल्नेहरुले गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् । नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ । तर पछिल्लो समय गाईजात्रालाई देशको राजनीतिक तथा सामाजिक विसंगतिप्रति व्यंग्य प्रहार गर्ने पर्वका रुपमा पनि मनाउने गरेको पाइएको छ । काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्‍यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ ।  

गाईजात्रा पर्व काठमाडौं लगायत ललितपुर, भक्तपुर, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोकमा पनि मनाउने गरीन्छ । यस्तै नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलाम, सुनसरी, मोरङ, पर्सा, कास्की, पाल्पा, दाङलगायतका जिल्लामा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा नहुन आग्रह गरेपनि काठमाडौंको बसन्तपुर लगायतका ठाउँमा भने ठूलो संख्यामा सर्वसाधारणहरु भेला भएको प्रष्टै देख्न सकिन्छ । 

प्रकाशित: २० श्रावण २०७७ ०७:४५ मंगलबार