समाज

अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

आज (मंगलबार) अपराह्नपछि मौसम बदली भई देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार अपराह्नपछि प्रदेश १, २ र बागमीतीका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्ज/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।  

राति भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । साथै प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।  

महाशाखाले आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ- सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले उक्त स्थानमा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

बाढीको सम्भावना

आज कन्काई, कमला, पश्चिमराप्ती, बबईका सहायक नदीमा बहाव केही बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।    

महाशाखाका अनुसार आगामी ३ दिन कोसी, नारायणी, कर्णाली, महाकालीमा बहाव केही घट्ने सम्भावना छ भने कन्काई, कमला, बागमती, पश्चिमराप्ती र बबई नदीमा बहाव कहेी घटबढ हुने अनुमान गरिएको छ ।  

बाढीको जोखिम न्यून रहेको महाशाखाले जनाएको छ ।  

विस्तृत विवरण तलको सूचनामा :  

प्रकाशित: २० श्रावण २०७७ ०७:३३ मंगलबार

मौसम