समाज

विराटनगरमा एक जना संक्रमितको मृत्यु

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा उपचाररत एक जना कोरोना भाइरस संक्रमति पुरुषको सोमबार मृत्यु भएको छ ।  

विराटनगर महानगरपालिका–५ का ७७ वर्षीय पुरुष श्वासप्रश्वास र छाती दुख्ने समस्या भएपछि सोमबार बिहान १० बजेतिर आफै कोसी अस्पताल पुगेका थिए । उनलाई शंका लागि कोभिड उपचार केन्द्रमा लगेर आइसोलेसनमा राखी स्वाब लिएर उपचार थालेको डाक्टर लक्ष्मीनारायण यादवले बताए ।  

कोसी अस्पतालमाको आइसोलेसनमा राखेर उपचार गरिएको अवस्थामा उनको रिपोर्ट आउनुअघि नै मृत्यु भएको डाक्टर यादवले बताए । उनमा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको अस्पतालजे जनाएको छ । उनीसँगै कोरोना संक्रमणबाट मोरङमा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

प्रकाशित: १९ श्रावण २०७७ ११:५० सोमबार

कोरोना संक्रमितको मृत्यु