समाज

सुुदूूरपहाडमा सधै पहिरोको त्रास

६ पहिरोको कारण बिस्थापित भएको केदारस्यु गाउँपालिका–८ को मल्लेसि गाउँ । तस्बिरः जगत/नागरिक

जगत खड्का, बिरा गडाल,  

बर्खा सुरु भएसँगै सुदूरपहाडी जिल्लामा पहिरोको जोखिम बढने गरेको छ । पहाडी धरातल, सडक निर्माणलगायत मानवीय संरचनाको कारण बर्खायाममा पहिरोले जनधनको क्षति गर्दे आएको छ । बाढी र पहिरोका कारण एक महिनाको अवधिमा बझाङ, दार्चुुला, अछाममा मात्रै २३ जनाले ज्यान गुमाएका छन् भने लाखौं रुपैयाँको धनमाल क्षति भएको छ। पहिरोको कारण १ जना  बेपत्ता भएका छन् भने करिब १ सय ८० घरपरिवार विस्थापित  भएका छन्। पहिरोको उच्च जोखिममा अधिकांश जिल्लाका गाउँ नै रहेका छन् ।

पहिरोको कारण  गत महिना बझाङको केदारस्यु गाउँपालिका–४  मल्लेसिमा ६ जनाको मृत्यु १ जना बेपत्ता भएका छन्। जयपृथ्बी नगरपालिका–७ मा १ बालकको पहिरोमा च्यापिएर मृत्युको थियो भने जिल्लाको विभिन्न भागमा खोलामा नुहाउने क्रममा पानीको वहाव बढेर ४ जनाले ज्यान गुमाएका छन्। दार्चुलाको नौगाड गाउँपालिकामा ५  जना, मालिकार्जुन गाउँपालिकामा २ जना दहुँ गाउँपालिका–३ मा पहिरोले घर पुँरिदा २ जनाले ज्यान गुमाएका छन् भने पहिरोको कारण धेरै परिवार बिस्थापित हुनुका साथै सयौ घर जोखिममा छन्।

यस्तै बाजुराकोे बुढीगंगा नगरपालिका–२ अम्कोटमा पहिरोमा पहिरोमा च्यापेर १ मृत्यु २ जना घाइते भएका छन् भने नदीमा डुबेर १ जनाको मृत्यु भएको जिल्लाा प्रहरी कार्यालय बाजुराले जनाएको छ। अछाम जिल्लामा मात्र पहिरो र नदीका कारण  ४५ परिवार बिस्थापित ६५ परिवार उच्च जोखिममा रहेका छन् ।

विकासका नाममा गाउँगाउँमा सडक पुु¥याउने भन्दै मेसिनले सडक काट्ने क्रम बढेपछि बर्खामा पहिरोको जोखिम बढेको हो । पहाडी क्षेत्रमा जथाभावी डोजर चलाउँदा बढी जोखिम देखिएको छ । गाउँगाउँ सडक पु¥याउने भन्दै स्थानीय तहदेखि प्रदेश र संघले सडक खन्न थालेपछि सुदूरपहाड पहिरोको जोखिममा परेको हो ।

अछामको रामारोसन गाउँपालिकाको ५ र ६ मा नदीमा आएको बाढीले अलेडी गाउँका ४२ परिवार बिस्थापित हुनुका साथै ६५ परिवार मजोखिमा रहेका छन् भने ४ वटा लघुजलविद्युत् योजना र १६  वटा पानी घण्ट बगाउनुका साथै ४ बाटा झुलुुङे पुल जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ बाजुर साँफेबगर मार्तडी सडक खण्डको अम्कोट र पानी नाउलामा पहिरो जानुका साथै ताप्रिसेरामा पक्की पुल बगाउँदा दुई सातादेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको बाजुरा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए । यस्तै बझाङको केदारस्यु गाउँपालिकामा २१ परिवार बिस्थापित र १५ परिवार उच्च जोखिममा रहेका छन् । बझाङको  चैनपुर ताक्लाकोट सडक खण्डको सुनिकोट र बयाधारमा पहिरोका कारण सडक भत्केर एक सातादेखि यतायातका साधन चल्न सकेका छैनन । सडक अवरुद्ध हँुदा यहाँका स्थानीय दैनिक उपभोग्य समाग्री महंगोमा खरिद गर्न बाध्य भएका छन् । सडक कटानले पहिरो जाँदा थलारा गाउँपालिका–३ मा रहेको बस्ती नै जोखिममा छ ।

दार्चुलाको महाकाली नगरपालिका–१ कलौनमा पहिरो खस्दा दार्चुला तिंकर सडक अवरुद्ध भएको छ । आइतवार बिहान सडक माथिबाट खसेको पहिरोले दार्चुला तिंकर सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । पहिरो खस्दा मानिसहरुको आवतजावत बन्द भएको प्रहरीले जनाएको छ । जिल्लाका दुहु, व्याँसबाट जिल्ला सदरमुकाम आउनेहरु र खलंगाबाट गाउँ जाने स्थानीय बिचबाटैमा रोकिएको प्रहरीले जनाएको छ ।

कमजोर भौगर्भिक अवस्था भएको पहाडी जिल्लामा जथाभावी डोजर चलाएका कारण पहिरोको खतरा दिन प्रतिदिन बढदै गएको छ । पहिरोकै कारण बर्सेनि मानवीय क्षति गर्नुका साथै खेतीयोग्य जमिनसमेत बगाउने गरेको छ ।  बर्खा सुरु भएपछि यहाँका स्थानीय सधैं चिन्तामा हुन्छन् । कम वर्षा हुँदासमेत पहाडको माथिबाट खस्ने पहिरोले जोखिम निम्ताएको बैतडीको पुर्चौडी नगरपालिका–८ का नरेन्द्रसिंह साउदले बताए । बढी वर्षा हुँदा पहिरोको त्रासले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।  

जथाभावी सडक खनेपछि आएको पहिरोले जिल्लाको खानेपानी र सिँचाइ सञ्जालमा क्षति पुगेको छ । राज्यकै संयन्त्रहरूबाट जथाभावी डोजर चलाएर सर्वसाधारणको उठिबास लगाउने काम  हुने गरेको छ ।  जथाभावी सडक खन्दा बैतडीमा पनि सयौ रोपनी खेतीयोग्य जमिन उजाड बनेको छ । एउटै गाउँ पुग्न दुईतीन सडक खनिएका छन् । दशरथचन्द नगरपालिका–७ का महेश बडुले भने ‘राजनीतिक पहुँचका कारण पार्टीपिच्चे अलगअलग सडक खनेकाले गाउँमा पहिरोको जोखिम छ ।’ बर्सेनि खेतीयोग्य जमिन पहिरोले पुर्दै आएको छ । जथाभावी डोजरले सडक खनिएपछि पहिरोको जोखिम बढेको हो । पानी पर्दा गाउँ माथिबाट ढुंगा र पहिरो खस्ने सम्भावनाले सधै त्रासमा बस्नुपर्ने मेलौली नगरपालिका–९  बिशालपुरका महेश भट्टले बताए ।

पछिल्लो समय वातावरणीय प्रभावको विश्लेषण नगरी डोजर लगाएर सडक खन्ने काम तीव्र रूपमा भइरहेका कारण पहिरोको खतरा बढेको छ । वन क्षेत्र र खेतीयोग्य जमिनमा सडक काटिएको स्थानीय बताउँछन् । वन डिभिजन कार्यालय बैतडीले धेरै ठाउँमा वन क्षेत्रमा काटिएका सडक रोकेको डिभिजन वन अधिकृत केशव पराजुलीले बताए ।

पहिरोका कारण प्रत्येक वर्ष धनजनको क्षति हुने गरेको  स्थानीय बताउँछन् । स्थानीय तहहरुसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद्को समयमा के गर्ने कसो गर्ने भन्ने अलमल हुने गरेको नेपाल रेडक्रस सोसाइटी बैतडीका मन्त्री रमेशसिंह धण्डारीले बताए । विपद् व्यवस्थापन योजनाको अभावमा राहत, उद्धार तथा अन्य कार्यहरु परिचालन गर्न समस्या हुने गरेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–६ डोलमा करिब २५ परिवार पहिरोकै जोखिममा बसेको स्थानीय लोगसिंह भाटले बताए । २०१८ सालदेखि आउन थालेको पहिरोले अहिले पनि गाउँलेलाई सुत्न दिएको छैन । ‘बर्षातको समयमा लगातार आइरहने पहिरोले कतिखेर घरखेत बगाउने थाहा नै हुँदैन । हरेक वर्षातमा अनिदो रात काट्नु पर्छ,’ स्थानीय भोजराज जोशीले भने, ‘हाम्रो गाउँका हरेक घर बांगा छन् । भित्रभित्रै जमिन भासिएपछि घर बांगा भएका हुन्। पहिरोको जोखिममै बाध्यता बस्नु परिरहेको छ ।’ यस्तै पुर्चौडी नगरपालिका–८ को लामुनी पहिरोले पनि प्रत्येक वर्ष स्थानीयको घर खेत बगाउने गरेको छ । पहिरोका कारण गाउँ नै जोखिममा रहेको स्थानीय गणेश साउदले बताए । मेलौली नगरपालिकाको ८ र ९ का करिब ६ सय परिवार पनि पहिरोको जोखिममा रहेको स्थानीय महेशदत्त भट्टले बताए ।

प्रकाशित: १८ श्रावण २०७७ १२:२३ आइतबार

पहिरो बाढीपहिरो जोखिम