समाज

पूर्वन्यायाधीशहरूले उठाए निष्ठाको प्रश्न

पत्नी हत्यामा कसुरदार ठहरिएका रञ्जनप्रसाद कोइरालाको सजाय घटाउनेगरी सर्वोच्च अदालतवाट भएको पैmसला र सवारी ज्यान मुद्दामा थुनामा रहेका पृथ्वी मल्ललाई छाड्नेगरी भएको आदेशको पूर्वन्यायाधीश फोरम नेपालले आपत्ति जनाएको छ।

फोरमद्वाले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश र सर्वोच्चका केही न्यायाधीशको निष्ठामाथि प्रश्नसमेत उठेको भन्दै कोइरालाको मुद्दामा ढिला नगरी सुनुवाइ गर्न सुझाव दिएको छ।सर्वस्वसहित जन्मकैद भोगिरहेका रञ्जन कोइरालाको सजाय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले ११ वर्ष घटाएको थियो। सवोैच्चको आदेशसँगै कोइराला थुनामुक्त भइसकेका छन्।  

रञ्जन कोइरालाको फैसला पुनरवलोकनका लागि सर्वोच्चले अनुमति दिइसकेको छ।‘अहिले न्यायपालिकाको समग्र नेतृत्व गर्ने प्रधानन्यायाधीश र सर्वोच्चका केही न्यायाधीशको कार्यक्षमता र निष्ठामाथि नै प्रश्न उठेको छ,’फोरमका अध्यक्ष टोपबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाको विश्वसनीयता जोगाउन वैधानिक प्रक्रियाद्वारा समस्याको सम्बोधन गर्न जिम्मेवार संवैधानिक निकायले आफ्नो संवैधानिक कर्तव्य निर्वाहका लागि ध्यानाकर्षण गराएका छौं।’ विवादमा उठाइएको कोइरालाको मुद्दामा पुनरवलोकनको अनुमति भैसकेकाले ढिलो नगरी सीघ्र सुनुवाइ गर्न उनीहरूले आग्रहसमेत गरेका छन्।  

राजनीतिक दलका नेता, कानुन व्यवसायी, सञ्चार जगत एवं आम नेपाली जनताबाट तीव्र आलोचना र सडक प्रदर्शन भएकोप्रति फोरमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अदालत र न्यायाधीशको मान सम्मान, मर्यादाको मूल्यांकन आधार भनेको अदालतप्रतिको जनआस्था हो। जनआस्था अभिवृद्धिले न्यायपालिकाको विश्वसनीयता बढ्ने पूर्वन्यायाधीशहरूको धारणा छ।

‘तर, न्यायको उच्च आसनमा बस्ने व्यक्तिका कारण न्यायका याचकले न्याय पाउन नसकेको अनुभूति गर्नुप¥यो भने त्यसबाट न्यायालयप्रतिको श्रद्धा र विश्वास मात्र घट्दैन। सम्पूर्ण न्यायकर्मीको शिर निहुरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ।  

न्याय सम्पादनमा संलग्न न्यायाधीशमध्ये प्रधानन्यायाधीशको विशिष्ट स्थान र सम्मान रहने र प्रमुख व्यक्तिको कार्यक्षमता, संस्थाप्रतिको निष्ठा, इमान्दारी, न्याय सम्पादन पृष्ठभूमिको आधारमा सिंगो न्यायपालिकाको मूल्यांकन हुने पूर्वन्यायाधीशहरूले विश्लेषण गरेका छन्।पीडित पक्षसमेतले आपत्ति गरेकालेकानुनी प्रक्रियाद्वारा यथासीघ्र समाधान गर्नेअपेक्षा फोरमले गरेकोछ। 

प्रकाशित: १८ श्रावण २०७७ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App