समाज

पछिल्लो २४ घन्टामा ३१५ जनामा कोरोना, संक्रिमतकाे संख्या २० हजार नाघ्यो

पछिल्लो २४ घन्टामा सात हजार ७४ जनाको आरटि पिसिआर परीक्षण गरिएको छ । सो मध्य तीन सय १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । 

लकडाउन खुकुले भएपछि ०.८ प्रतिशत संक्रमित बढेको देखिएको गौतमले जानकारी दिए । पछिल्लो २४ घन्टामा ९३ जना डिस्चार्ज भएका छन्। यो संगै डिस्चार्ज हुनेको संख्या १४ हजार चार सय ९२ पुगेको छ ।

प्रकाशित: १७ श्रावण २०७७ १०:४६ शनिबार

कोरोना संक्रमित पिसिआर परीक्षण