समाज

बारामा आइतबार बिहान ५ बजेदेखि घरबाट बाहिर निस्किन नपाइने

छिमेकी जिल्ला पर्सामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको तथा आफ्नो जिल्लामा पनि दैनिक संक्रमितको संख्या बढिरहेको उल्लेख गर्र्दै बारामा स्थानीय प्रशासनले भोलि (आइतबार)देखि लागू हुने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।  

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले विज्ञप्ति प्रकाशन गरी आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेक घरबाट निस्कन नपाइने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिएका हुन् ।  

शुक्रबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा कोरोना नियन्त्रण गर्न उक्त निर्णय गरेको हो ।  

विस्तृत जानकारीका लागि तलको विज्ञप्ति पढ्नुहोस् :

प्रकाशित: १७ श्रावण २०७७ ०८:२८ शनिबार

निषेधाज्ञा पर्सा