समाज

नारायणी कोभिड अस्पतालबाट शुक्रबार १८ जना संक्रमित डिस्चार्ज

संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएकाहरूलाइ डिस्चार्ज पुर्जी र फुल दिएर बिदा गर्दै । तस्बिर सौजन्य: नारायणी अस्थायी कोरोना अस्पताल

वीरगन्जस्थित नारायणी अस्थाई कोभिड अस्पताल गण्डकबाट शुक्रबार पर्साका १८ जना कोरोनाको संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्। उनीहरुको पछिल्लो दुईवटा परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका संयोजक डाक्टर निरज सिंहले बताएका छन् ।

त्यस्तै बिहिबार दुई जना पुरुष डिस्चार्ज भएका थिए । शुक्रबार डिस्चार्ज हुनेमा पर्साका बेग्लाबेग्लै पालिकाका १५ जना पुरुष र ३ जना महिला रहेका छन्। पर्साका कै र केही पर्सामै विभिन्न व्यवसाय गरेर बस्दै आएका छन् । पछिल्लाे दुइ दिनमा २० जना डिस्चार्ज भएका छन्।

नारायणी अस्थाई कोभिड अस्पताल गण्डककाअनुसार डिस्चार्ज हुने सबै १८ देखी ५५ वर्ष उमेर समूहका रहेका छन्। शुक्रबार साझ अस्पतालले उनीहरूलाई हातमा डिस्चार्ज पुर्जी र फुल दिएर बिदा गरेको थियो।

प्रकाशित: १६ श्रावण २०७७ १५:१० शुक्रबार

कोरोना जितेर डिस्चार्ज