समाज

पहिरोको पीडा

दैलेखको दुल्लु नगरपालिका–५ पोखराकी रीता धमाला पोखरेलले दुल्लु अस्पतालमा साउन १३ गते छोरालाई जन्म दिइन्। सुत्केरी हुँदा रक्तश्राव नरोकिएन्। थप उपचारका लागि रीतालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउनुपर्ने भयो।

 निरन्तरको वर्षाका कारण सुर्खेत–दैलेख सडक खण्ड विभिन्न ठाउँमा अवरुद्ध थियो। दैलेखको घोडाबास नजिकैको पहिरोले बिहीबार सवारी–साधनहरु घण्टौं लाइनमा थिए। सडक खुल्ने अवस्था नदेखिएपछि रीतालाई स्टेचरमै बोकेर पहिरो कटाइयो। प्रहरी र स्थानीयले स्टेचरमा बोकेर रीतालाई पहिरोबाट पार लगाए। ‘समयमै उद्दार नभएको भए श्रीमतीको ज्यानै जान सक्ने अवस्था थियो,’ श्रीमान प्रकाश पोखरेलले भने, ‘अहिले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ, स्वास्थ्य अवस्थामा सुधार हुँदैछ।’

दुल्लुदेखि सुर्खेत आउन एम्बुलेन्समा साढे दुई घण्टा लाग्छ। पहिरोका कारण रीतालाई साढे पाँच घण्टा लगाएर प्रदेश अस्पताल पु¥याइयो। सुर्खेतमा पनि उपचार हुन नसक्ने भएपछि उनलाई नेपालगञ्ज रेफर गरियो। १० घण्टाको कष्टकर यात्रापछि प्रकाशले श्रीमतीलाई कोहलपुर मेडिकल कलेज पु¥याउन सफल भए।

शब्द/तस्बिर:नगेन्द्र उपाध्याय

प्रकाशित: १६ श्रावण २०७७ ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App