समाज

भक्तपुरबाट नौ जुवाडे पक्राउ

भक्तपुर प्रहरीले नौ जुवाडेलाई नियन्त्रणमा लिएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा ९ फैढोकास्थित सरोज थापाले कुखुरा पालनका लागि बनाएको टहरामा तास खेलिरहेका उनीहरुलाई प्रक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

परिसर भक्तपुरबाट प्रहरी निरिक्षक भगवती तिमिल्सेनाको कमाण्डमा टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।   नियन्त्रणमा लिएकाहरुमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका वडा नं ५ घर भई हाल भक्तपुर कमलबिनायक बस्ने बर्ष ३९ को सागर लामिछाने, काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका वडा नं. २ घर भई हाल भक्तपुर कमलबिनायक बस्ने बस्ने बर्ष ४० को श्याम शाक्य, रामेछाप दोरम्बा गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौ सुन्धारा बस्ने बर्ष २९ को सुमन श्रेष्ठ, ओखलढुंगा खिजीकाति गाउँपालिका वडा नं. ९ घर भई हाल भक्तपुर ब्यासी बस्ने बर्ष ३९ को आशिष खत्री छन्। 

त्यस्तै काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं. ९ घर भएका बर्ष ४७ को दानबहादुर सुवाल, रामेछाप दोरम्बा गाउँपालिका वडा नं. ४ घर भई हाल भक्तपुर कमलबिनायक बस्ने बर्ष २९ को चेतबहादुर थापा मगर, काभ्रे चौरीदेउराली गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौ बानेश्वर बस्ने बर्ष २९ को समीर तामाङ, मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १८ घर भई हाल भक्तपुर लोकन्थली बस्ने बर्ष ३३ को कृष्णबहादुर मोक्तान र रामेछाप दोरम्बा गाउपालिका ३ घर भई हाल काठमाडौ ठूलो भर्यापङ बस्ने बर्ष २८ को नारायण थापा मगर भएको प्रहरीले जानकारी गराएको छ।

नियन्त्रणमा लिई ९ बुक तासका साथै तीन लाख ३८ हजार तीन सय ३५ रुपैया खालमा फेला पारी बरामद गरिएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी सुचना अधिकृत दिपक गिरीले जनाएका छन्।

प्रकाशित: १६ श्रावण २०७७ ०३:५३ शुक्रबार

जुवाडे पक्राउ