समाज

कमलादी 'सुन' प्रकरण : नवलपरासीबाट तीन पक्राउ

कमलादी 'सुन' प्रकरणमा संलग्न तीन जना पक्राउ परेका छन्। ५ सय ग्राम सुन, २ नाल पेस्तोल, १४ केजी ५ सय ग्राम चाँदी प्रहरी चेकीङको क्रममा सडकमा फालेर भागे भनिएका तीन जनालाई प्रहरीले पूर्वी नवलपरासी पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार विजय पटेल, देवान पटेल र निलेश सखिया दुम्किबासबाट पक्राउ परेका हुन्। महानगरीय अपराध महाशाखाको टोली समेत उनीहरुलाई पक्राउ गर्नु पुगेको थियो। बुधबार पक्राउ परेका उनीहरुलाई रातिनै काठमाडौं ल्याइ सकिएको छ।

प्रहरी वृत्त दरबारमार्गले कमलादी नविल बैंक अगाडि घटना भएको भने पनि महानगरीय अपराध महाशाखाले घटनास्थल परीवर्तन गरेको निष्कर्ष निकालेको छ।  

 

 

प्रकाशित: १५ श्रावण २०७७ ०९:५० बिहीबार