समाज

लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

भक्तपुर प्रहरीले लागुऔषध मुद्दाका फरार एकजना अभियुक्तलाई बुधबार पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नं. २ ब्यासी बस्ने वर्ष २५ का किरण ब्यान्जुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

बादी नेपाल सरकार प्रतिबादी किरण ब्यान्जु भएको लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट २०७४ चैत १८ गते १ वर्ष ९ महिना २६ दिन कैद र एक लाख एक हजार पाँच सय जरिवाना फैसला भएका उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । परिसरबाट खटाईएको प्रहरी टोलीले उनलालई पक्राउ गरी भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौ पठाइएको जनाइएको छ ।

प्रकाशित: १४ श्रावण २०७७ १२:५१ बुधबार

लागुऔषध मुद्दा