समाज

द्वन्द्व पीडितका लागि ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रम

कार्यक्रममा सहभागीहरू । तस्बिर : दिनेश नागरिक

नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको सहकार्यमा सञ्चालित ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रमको जिस्ला स्तरीय सरोकारवाला बिच समन्वयात्मक छलफल कार्यक्रम सकिएको छ । तत्कालीन माओवादी द्वन्द्वका समयमा यौन हिंसामा परेका, श्रीमान गुमाएका वा बेपत्ता भएका तथा हिंसा प्रभावित महिलाहरू समाजमा नेतृत्वायी भुमिका निर्वाह गरि शान्ति महिला तथा समतामुलक समाज निर्माण गर्न सक्षम हुने कार्यक्रमको अपेक्षा रहेको आयोजकले बताएको छ ।

कार्यक्रममा सहभागी जिल्ला समन्वय समिति रोल्पाका प्रमुखको प्रमुख राजबहादुर बुढा, रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसी लगायतले परीयोजनाको सफलताको शुभकामना दिदै कार्यक्रमले वास्तविक द्वन्द्व पीडितलाई समेटेर अगाडी लैजानु पर्ने बताएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना, रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङ, पत्रकार महासंघ अध्यक्ष महेश न्यौपाने, रेडक्रस सभापती डिबी टुहुरो, गैर सरकारी सस्था महासंघ अध्यक्ष घनस्याम आचार्य लगायतले द्वन्द्वपीडित लक्षित ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रमले सकारात्मक भुमिका खेल्नु पर्ने बताएका थिए ।

कार्यक्रममा ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रम र सस्थाको परिचय नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव शिबा योगीले प्रस्तुती राखेकी थिईन । कार्यक्रम रोल्पा र दाङ जिल्लामा जुलाई २०२० देखि डिसेम्बर २०२० सम्म सञ्चालन हुनेछ । उक्त कार्यक्रममा सहभागीले बिभिन्न सल्लाह सुझाव दिएका थिए भने आयोजकले स्थानीय तह लगायत संगको समन्वयमा आफ्ना गतिबिधि सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

यसै बीच ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रमका लागि छनौट गरिएका माओवादी द्वन्द्वका समयमा पीडित भएका १० जना महिला शान्ति पहलकर्ताहरूका लागि २ दिने तालिम बुधवार देखि सुरु गरिएको छ । तालिम पश्चात महिला शान्ति पहलकर्ताहरू समाजमा रहेका अन्य हिंसा पीडित, द्वन्द्वपीडित संग रहेर समस्या र आवश्यकता पहिचान गर्नेछन् भने पहिचान भएका महिलाहरूलाई प्राविधिक तालिम, सीप प्रदान गरि समाजमा पुर्नस्थापना गरि आर्थिक शसक्तिकरण गर्ने छ ।

प्रकाशित: १४ श्रावण २०७७ ०५:३२ बुधबार

महिला शान्ति र सुरक्षा द्वन्द्व पीडित