समाज

सुनचाँदी र पेस्तोल बरामद

प्रहरीलाई छलेर बिक्रीवितरण गर्न लगिँदै गरेको साढे १४ किलो चाँदी र आधा केजी सुन प्रहरीले मंगलबार कमलादीबाट बरामद गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले बा६च ५५१९ नम्बरको गाडी पछ्याउने क्रममा १५ किलो पहेंलो धातुको झोला फेला पारेको हो।  

सुनको आशंकामा बरामद गरिएको सो धातु नेपाल रत्न तथा आभूषण संघमा परीक्षण गर्दा आधा किलो मात्र सुन र बाँकी साढे १४ किलो चाँदी भएको पुष्टि भएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता राजकुमार केसीले सुन र चाँदी भेटिएको झोलामा दुईवटा पेस्तोल पनि भेटिएको जानकारी दिए। तर, उक्त सुनचाँदी र गाडीमालिक भने फेला परेका छैनन्। यस सम्बन्धमा प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको छ। ‘यसबारे हामीले अनुसन्धान गरिरहेका छौं, तर वास्तविकता अझै फेला पर्न सकिरहेको छैन,’ उनले भने।  

प्रकाशित: १४ श्रावण २०७७ ०१:४८ बुधबार

बरामद सुनचाँदी पेस्तोल