समाज

जंगली च्याउ खाँदा चारजनाको मृत्यु

विषादी जंगली च्याउ खाएर बिरामी भएका जाजरकोटका थप तीनजनाको मृत्यु भएको छ । साउन ९ गते टेकबहादुर चलाउनेको घरमा च्याउ खाएर बिरामी भएका उनीहरूको प्रदेश अस्पताल सुर्खेतस्थित कालागाउँमा मृत्यु भएको हो ।

कुशे गाउँपालिका–१ स्याँक्रीका टेकबहादुरकी छोरी १६ वर्षीया औसरा, १३ वर्षीया धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए । टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको भने सोमबार गाउँमै मृत्यु भएको थियो । योसँगै च्याउ खाएर मृत्यु हुनेको संख्या चार पुगेको छ ।

२३ वर्षीय ललित चलाउने, १५ वर्षीया पशुपतिकुमारी चलाउने च्याउ खाएर बिरामी भएका छन् । सोही गाउँका ४९ वर्षीय टेकबहादुर चलाउने र ३८ वर्षीया कल्पना चलाउने पनि बिरामीका थिए । उनीहरुको उपचार भइरहेको छ ।

प्रकाशित: १३ श्रावण २०७७ १४:०७ मंगलबार

जंगली च्याउ