समाज

जुम्लाका सबै संक्रमित निको भएर डिस्चार्ज

गत फागुन २४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चिकित्सक डा. धिरज गुरुङले पहिलो पटक कोराना भाइरसका बारेमा सहजीकरण गरे । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी सहभागी थिए । डा.गुरुङले कोराना भाइरसको लक्षण र रोकथामका बारेमा सरोकारवाला सबैलाई जानकारी गराए । जतिबेला चिनको वुहान प्रान्तमा कोराना भाइरस संक्रमण देखिएको थियो ।

मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्नु पर्नेमा शिलशिलाबारे बताए । त्यो बेला देखि नै कोराना संक्रमण हुन नदिनको लागि तिव्र तयारी शुरु भयो । कर्णाली प्रतिष्ठानले पिसिआर मेसिन खरिद गर्यो । पिसिआर परीक्षणमा सधैं नेपालको दोस्रो भयो । हरेक स्थानीयतहले क्वारेन्टिन बनाए । प्रतिष्ठानमा एक सय १० बेडको आइसोलेनस बेड निर्माण भयो ।  जिल्ला भरी आठ सय क्वारेन्टिन बेड बने ।  

प्रत्येक क्वारेन्टिमा स्वास्थ्यकर्मी खटिए । कर्णाली प्रतिष्ठानका चिकित्सक एक नगरपालिका सहित ७ वटै गाउँपालिकामा पुगेर स्वाब संकलनमा जुटे । एकै दिनमा आठ सय जना सम्मको स्वाब संकलन भएर परीक्षण भयो ।  

जुम्ला अहिले कोरोना भाइरस संक्रमित शुन्य भएको जिल्ला बनेको छ । सबै कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा रहेका अन्तिम एक संक्रमित पनि आइतबार निको भएर घर फर्किएपछि जुम्ला कोराना संक्रमित शुन्य भएको कर्णाली प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले बताउँछन् ।

जुम्लामा ६९ जनालाई कोरोना संक्रमण भएको थियो । तर उनीहरू सबै आइसोलेसनबाटै निको भएर घर फर्किएका छन् । उनले भने, ‘कोराना रोकथाममा जुम्लाले गरेको कार्य निकै नमुना योग्य छ ।’ सबै संक्रमित निको भएर घर फर्किएपछि जुम्लाका आइसोलेसन पनि खाली भएका छन् । प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेका अनुसार प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक प्रयासले यो सफलता प्राप्त भएको हो ।

अब पिसिआर परीक्षणको दायरालाई बढाउदै सामाजिक र व्यक्तिगत दुरी कायम गर्न आग्रह गरेका छन् । कोराना संक्रमित मात्र नभेटिएको हो,कोराना मुक्त भइसकेको छैन्,‘रजिष्टार काफ्लेले भने,‘अझै विकराल अवस्था आउन सक्छ । सबै संयम बनौँ । स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरौँ । यही नै कोराना संक्रमण फैलन नदिने अचुक अस्त्र हुनसक्छ । ’

कर्णाली प्रतिष्ठानका चिकित्सक तथा प्रा.डा. धीरज गुरुङले भने, ‘जिल्लामा संक्रमितको संख्या शून्यमा झरेको छ । जिल्लालाई यो स्थानमा ल्याउन सबै पक्षको सहयोग रहेकाले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका छौं ।’ तर समुदायमा परीक्षणको दायरा बढाउन सके संक्रमित भेटिनसक्ने उनको अनुमान छ ।’ उनले कोराना संक्रमणबाट मुक्त हुनको लागि सबै सचेत बन्नु पर्ने आवश्यकता औल्याए । डा. गुरुङले एकीकृत क्वारेन्टिनमा बसेका देखि आइसोलेसनमा बसेका संक्रमितको नियमित रेखदेखको जिम्मेवारी लिएका थिए ।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछि कर्णाली प्रतिष्ठानले धेरै संख्यामा कोरोना परीक्षण गरेको छ । पीसीआर उपकरण स्थापना गरी सञ्चालनमा ल्याएपछि कोरोना जाँच र स्वाब संकलन कार्यलाई प्रतिष्ठानले उच्च प्राथमितामा राखेको थियो । प्रतिष्ठानले हुम्ला, मुगु, दैलेख, कालिकोटसहित आवश्यकता परेको स्थानमा काम गर्न चिकित्सक टोली परिचालन गर्दै आएको छ । संक्रमितको संख्या शून्य भएपछि कोभिड १९ विरुद्धको अभियानमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई प्रतिष्ठानले सम्मान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले आइसोलेनसमा संक्रमित संख्या शुन्य हुने बित्तिकै कोराना मैदानमा उत्रिएर काम गर्ने, चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यको टिमलाई सम्मान गर्यो । उनीहरुलाई खादा लगाएर आगामी दिनमा कोराना मैदानमा संक्रिए भएर लाग्न आग्रह गर्यो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जुम्लामा कोराना संक्रमित शुन्य अवस्थामा राख्नु भनेको स्वास्थ्यकर्मीको निकै ठुलो योगदान रहेको बताए ।उनले भने,‘ कोराना मैदानको वास्तविक हिरो भनेका स्वास्थ्यकर्मी हुन् । उनीहरुलाई जति सम्मान र प्रसंसा गरेपनि पुग्दैन् ।’

कोराना संक्रमितलाई अहिले सम्म सकुशल घर फर्काउन सफल भएका छौँ । यो योगदान जुम्लाका स्वास्थ्यकर्मी माथि जान्छ । प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘आर्थिक, सामाजिक सांस्कृतिक, स्वास्थ्य, शिक्षा र रोजगारका हिसावले पछि परेको कर्णालीले कोराना मैदानमा निकै ठुलो उपलब्धि हासिल गरेको छ । यो नै कर्णालीको गौरव हो ।’

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई प्रमुख जिल्लाअधिकारी थापाले आफु सुरक्षित भएर मात्र अरुको सुरक्षामा खटिन आग्र्रह गरे । पहिले कर्णालीमा पिसिआर मेसिन ल्याउने विषयमा सुविधा सम्पन्न सुगम क्षेत्रमा बस्नेले नानाथरी कुरा काटेर बसे । तर अहिले कर्णाली प्रतिष्ठानले कोराना मैदानमा उदाहरणीय कार्य गरेर देखाइदियो । अहिले संक्रमित निको भएर गाउँ गएपछि सचेतनाका काममा खटिएका छन् ।

प्रकाशित: १३ श्रावण २०७७ १०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App