समाज

पहिरोले घर पुरिँदा बागलुङमा ३ जनाको मृत्यु

प्रतिकात्मक तस्बीर

भिषण बर्षासँगै आएको पहिरोले बागलुङमा ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सोमबार राति तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए।

उनका अनुसार जिल्लाको तमानखोला गाउँपालिका–२ का पान बहादुर बिकको घरमाथीबाट आएको पहिरोले घर पुरीँदा उनका १३ बर्षिया छोरा खिम बहादुर बिक र १२ बर्षिया छोरी रिता बिकको मृत्यु भएको हो भने श्रीमती होम कुमारी बिक गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ।  

त्यस्तै निसीखोला गाउँपालिका–१ का कमल परियारको घर पहिरोले पुरिँदा उनका ३ बर्षिया छोरा समिर परियारको मृत्यु भएको छ। सूचना अधिकारी समेत रहेका प्रनाउ रेग्मीका अनुसार जिल्लाभित्रका सबै ग्रामिण सडक अवरुद्ध छ। 

‘बागलुङबाट ग्रामिण क्षेत्रमा जोड्ने सबै सडक अवरुद्ध छ,‘अवरुद्ध पन्छाउने प्रयास भइरहेको छ’ रेग्मीले भने। बागलुङबाट छिमेकी म्याग्दी जिल्लामा समेत आवतजावत रोकिएको छ भने पोखरा जाने सडकमा कुनै अवरुद्ध नभएको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ श्रावण २०७७ ०४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App