समाज

पर्सामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार राति आएको रिपोर्टमा पर्सा जिल्लामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगन्जका बिभिन्न वडाका ब्यक्ति, एउटा उद्योगमा कार्यरत कामदार, अन्य जिल्लाका मानिसहरु गरी १५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्थायि कोभिड अस्पतालका डा. निरज सिंहले बताए।  

वीरगन्ज ४ बिर्ताका एक जना ४० वर्षिय पुरुषमा संक्रमण भेटिएको छ। वीरगन्ज ७ घर भएका रामटोलका ३३ वर्षिय र लोहरापट्टीका ५५ वर्षिय पुरुष संक्रमित भेटिएका छन्। त्यसतै वीरगन्ज ११ श्रीपुरका २६ वर्षिय पुरुष र ४५ वर्षिय महिला संक्रमित भेटिएका छन्। यसै वडाको रानीघाटका एक जना ३४ वर्षिय पुरुष पनि संक्रमित छन्। वडा नम्बर १३ राधेमाई बस्ने ३० वर्षिय पुरुष संक्रमित भेटिएका हुन। वीरगन्जकै वडा नम्बर २३ पर्ने सबैठवाका २६ वर्षिय पुरुषमा पनि संक्रमण फेला परेको छ।  

यस बाहेक पर्सा बारा औद्योगिक करिडोरमा रहेको एउटा फलाम उद्योगका ३ जना २६, ४८ र ५६ वर्षका पुरुष संक्रमित भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय, पर्सा ठेगाना उल्लेख भएका एक जना २३ वर्षिय पुरुष पनि संक्रमित भेटिएका छन्। बाराको कलैया उपमहानगरपालिका ५ घर भएका ४१ वर्षिय पुरुष र इलाम जिल्ला माई नगरपालिका घर भएका ५६ बर्षिय पुरुषमा संक्रमण फेला परेको हो। यसअघि संक्रमित फेला परेका बिभिन्न ब्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका ब्यक्तिहरु र आफै शुल्क तिरेर परीक्षण गराएका ब्यक्तिहरु यस १५ मा मुख्य रुपमा रहेका छन्। यहाँ संक्रमण बढेपछि त्यसलाई फैलिनबाट रोक्नका लागि गत शनिवारदेखि वीरगन्ज माहानगरपालिकामा निषेधाज्ञा लगाइएको छ। यसै क्रममा यहाँ समुदायस्तरमा ‘टेस्टिङ्ग’ पनि सुरु गरिएको छ।

 

प्रकाशित: १३ श्रावण २०७७ ०२:१० मंगलबार

कोरोनाभाइरस पर्सा