समाज

हुलाकी सडक निर्माणको कामलाई निरन्तरता दिन अदालतको आदेश

अब हुलाकी बाटो निर्माणकालागि बाटो खुल्यो

उच्च अदालत तुलसीपुर बुटवल ईजलासले तौलिहवामा निर्माण सुरु भएको हुलाकी सडकको कामलाई निरन्तरता दिने आदेश दिएको छ । हुलाकी सडक आयोजना कपिलवस्तुले एक साताको समयसीमा दिएर गत साउन ३ गतेबाट सडक अतिक्रमण हटाउन सुरु गरिएको थियो । त्यस पश्चात साउन ५ गते तीन जनाले निषेधाज्ञा उत्प्रैषण र परमादेशकाको रिट दायर गरेका थिए । स्थानीय कालीपद शर्मा, रोहित उपाध्याय र सुरेश शर्माले हुलाकी सडक आयोजना, प्रशासन कार्यालय र कपिलवस्तु नगरपालिकामाथी सो काम रोक्का हुन पर्ने माग गर्दै रिट दायर गरेका थिए ।  

रिटमा न्यायाधिश बावुराम रेग्मीको ईजलासले साउन ५ गते अल्पकालीन परमादेश जारी गर्दै साउन १२ गते दुबै पक्षलाई छलफलकालागि अदालतमा बोलाएको थियो । सोही बिषयमा सोमबार पक्ष र बिपक्षका कानुन व्यवसायीहरूको प्रमाण र बहस सकिएपछि गत साउन ५ गते दिईएको अल्पकालीन आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश जारी भएको कपिलवस्त्ु नगरपालिकाका कानुनी सल्लाहकार हुम बहादुर कुवरले जानकारी दिए । न्यायधिश द्धय बावुराम रेग्मी र केशवराज जोशीको संयुक्त ईजलासले सो ओदेश गरेका हुन्।  

सडक ऐन २०३१ अनुसार हुलाकी राजमार्गको मापदण्ड तोकिएको, २०३१ भन्दा अघि निर्माण भएका संरचनालाई क्षतिपुर्ति दिने र घरबारबिहीन भएकालाई बसोबासको व्यवस्था गर्ने भनी गत असार २५ गते प्रशासन कार्यालयमा निर्णय भएका अदालतको आदेशमा भनिएको छ । आधिकारिक निकायबाट भएको निर्णय सदायसताकासाथ कार्यान्वयन हुन्छ भनी बिश्वास गर्नुपर्ने र रिट निबेदनमा उठाईएका अन्य बिषय अन्तिम आदेह हुँदाका बखत सम्बोधन नै हुने आदेशमा उल्लेख गरिएको छ ।

रिट निबेदनको पक्षबाट अधिवक्ता हीमलाल न्यौपाने, बिपक्षी कपिलस्तु नगरपालिकाको तर्फबाट बरिष्ठ अधिवक्ता कमलराज जोशी र सालिकराम बन्जाडे सहायक न्यायअधिवक्ता धर्म।राज जोशीले बहस गरेका थिए । अदालतको सो आदेशसंगै अब हुलाकी बाटो निर्माणकालागि बाटो खुला भएको कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले बताएका छन् ।

उनले अब हुलाकी राजमार्ग आयोजनासंग समन्वय गरी सडक निर्माणको काम अघि बढाईने बताए । अहिले तौलिहवा सडक क्षेत्रमा बनाईएका संरचनामहरू धमाधम हटाइएको छ । तौलिहवाको जमुहार टोल देखि छोटकी तौलिहवाको मस्जिद  सम्म २३ सय ४० मिटरमा २ सय ७३ वटा संरचना सडक क्षेत्रमा छन्। यस्तै जमुहार देखि भवानी भिक्षु सम्म भने ५ सय ७३ वटा संरचना सडकमा परेको कपिलसतु नगरपालिकाले जनाएको छ ।

प्रकाशित: १२ श्रावण २०७७ १७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App