समाज

नौतनवाबाट आएका तीन जना भारतीयमा कोरोना संक्रमण

मजदुरीकालागि भारतबाट आएका तीन जना भारतीय नागरिकमा कोरोना सक्रमण देखिएको छ । बुटवलको व्यस्त बजार अमरपथ स्थित गण्डकी सिरक डसना स्टोरमा कार्यरत तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू साउन ७ गते भारतको नौतनवाबाट आएका हुन ।

तीनै जनालाई पसलका साहुले कोरोना टेष्ट नहुँदा सम्मकालागि भनेर बुटवल बसपार्कको एउटा होटलमा राखेका थिए । उनीहरू एकै परिवारका हुन । तीनै जनालाई सामान्य ज्वरो समेत आएको बताइएको छ । उनीहरूलाई शनिबारै प्रादेसिक अस्पतालको फिबर क्लिनिकमा राखिएको थियो । आइतबार बुटवलकै कोरोना विशेष अस्पतालमा सारिएको छ ।  

उनीहरूको पिसीआर रिर्पोट गत शुक्रबार नै आएको लुम्बिनी प्रादेसिक अस्पालका डा सुदर्शन थापाले बताए  । तर प्रदेशको स्वास्थ्य निर्देशनालय र बुटवल नगरपालिकाले भने समुदायमा त्रास फैलने भन्दै संक्रमण भेटिएको खबर लुकाएको थियो । बुटवल अमर पथका स्थानीय तथा व्यवसायीले सरकारी पक्षबाटै संक्रमण सम्बन्धी तथ्यांक लुकाउदा त्यसले लापरवाही झन बढ्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

संक्रमीतको संख्या कम देखाएर कोरोना नियन्त्रणमा प्रदेश सरकारले प्रगती गरेका भन्ने भ्रम जनतामा फैलाउदा झन भयावह स्थिती निम्तने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका हुन । भारत तथा तेश्रो मुलुकबाट आउनेलाई अनिवार्य क्वारेन्टिनमा राख्न र पिसिआर टेष्ट गर्न पनि स्थानीयले माग गरेका छन्।

प्रकाशित: १२ श्रावण २०७७ १७:२६ सोमबार

भारतीय नागरिक कोरोना संक्रमण