समाज

पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार राति आएको रिपोर्टमा पर्सा जिल्लामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  स्वस्थ्यकर्मी, अस्पतालका कर्मचारी, अन्य संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका ब्यक्ति, क्वारेन्टाइनमा बसेका ब्यक्ति र स्वचेच्छाले पैसा तिरेर पीसीआर जाँच गराएका ब्यक्तिहरु यसमा रहेका छन्।  

आइतबार राति थप १८ जनामा संक्रमण पुष्टि भएको र शनिबार एक जनामा कोरोना देखिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए।  शनिबार कोरोना देखिने वीरगन्ज रेशमकोटीका ३२ बर्षिय पुरुषले शुल्क तिरी स्वेछाले कोरोना जाँच गराएका थिए।  

डा. उपाध्यायका अनुसार पर्साको पर्सागढी नगरपालिकाको बढ्निहार स्थित क्वारेन्टाइनमा बसेका एक जना ब्यक्ति र त्यहाँ खटिएका ५ स्वास्थ्यकर्मी गरी ६ जनामा आइतबार राति संक्रमण पुष्टि भएको हो।  गण्डक अस्पतालका ३४ वर्षिय कर्मचारी, नारायणी अस्पतालका ४३ वर्षीय कर्मचारी र एपोलो अस्पतालमा कार्यरत ३४ वर्षीय कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको हो।  

त्यसतै साउन ८ गते नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएका ७० वर्षिय वृद्धको कन्टयाक्ट ट्रेसिङमा परेका मृतकका परिवारका वीरगन्ज ६ माईस्थान बस्ने ४० वर्षिया महिला, ९ वर्षिय बालक र १२ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।  शुल्क तिरेर स्वेच्छाले स्वायब परीक्षण गराएका वीरगन्ज–१४ का ३० वर्षिय र ३२ वर्षिय पुरुष, वीरगन्ज –११ श्रीपुरका ४५ वर्षिय पुरुष, वीरगन्ज– २ छपकैयाँका २५ वर्षिय पुरुष र सखुवा प्रसौनी २ का ४० वर्षिय पुरुषको पनि पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।  

 

 

प्रकाशित: १२ श्रावण २०७७ ०५:५५ सोमबार

कोरोनाभाइरस