समाज

दलित छात्रवृत्ति दुरुपयोग

दैलेखस्थित एक विद्यालयका दलित विद्यार्थीहरूको छात्रवृत्ति रकम दुरुपयोग भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मी र प्रधानाध्यापक अनिताकुमारी न्यौपानेलाई रकम हिनामिनाको सम्बन्धमा स्पष्टिकरण सोधेको छ ।

बैंक स्टेटमेन्टसहित केही स्थानीयले जिल्ला प्रशासन कार्यालयमा रकम हिनामिना भएको उजुरी दर्ता गराएका थिए । उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रशासनले स्पष्टिकरण सोधेको हो । दलित छात्रवृत्तिको रकम सरोकारवालालाई जानकारी नगराइ विद्यालयको खाताबाट झिकेर हिनामिना गरेकाले कारवाहीको माग गर्दै प्रशासनमा उजुरी दर्ता भएको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर केसीद्वारा हस्ताक्षरित स्पष्टिकरण पत्रमा उल्लेख गरिएको छ ।

करिब ५० हजार रूपैयाँ कोहीकसैलाई जानकारी नगराइ निकालिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित: ११ श्रावण २०७७ १३:४७ आइतबार

दलित छात्रवृत्ति दुरुपयोग