समाज

आरडिटी पोजेटिभ देखिएका भारतीय व्यवसायिको कोभिड अस्पतालमा मृत्यु

आइतबार बिहान मृत्यु भएका बीरगन्जको आदर्शनगरमा ब्यवसाय संचालन गर्ने एक  ६५ वर्षिय भारतीय नागरिकलाई कोरोना संक्रमणको आसंका गरिएको छ।  नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका उनको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ। उपचारको क्रममा शनिबार गरिएको आरडीटी परीक्षणमा एन्टिबडी पोजिटिभ देखिएको थियो।

वीरगन्जको आदर्शनगरस्थित रुंगटा मार्केटमा उनी पसल चलाउँदै आएका थिए।  ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या भएपछि उनी नारायणी अस्पतालको आकस्मिक कक्षामा शनिबार दिउँसो आएका थिए। त्यहाँ आरडीटी परीक्षण पोजिटिभ आएपछि स्वाब संकलन गरी साझ करिब ८ बजे कोरोना अस्पताल रेफर गरिएको थियो। मुटु रोग र मधुमेहले समेत पीडित उनको आइतबार बिहान मृत्यु भएको कोरोना अस्पतालका डा. नीरजकुमार सिंहले जानकारी दिए।  

 

 

प्रकाशित: ११ श्रावण २०७७ ०७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App