समाज

प्रहरी मुख्यालयमा कार्यरत ४ जनामा कोरोना, सवारी शाखा सिल

नेपाल प्रहरीको मुख्यालयमा नक्सालमा कार्यरत ४ जना प्रहरीमा कोरोना देखिएको छ। मुख्यालयको सवारी शाखामा कार्यरत ४ प्रहरीमा कोरोना देखिएपछि उक्त शाखालाई सिल गरिएको छ। शाखालाई तत्कालको लागि अर्को स्थानामा सारिएको छ। संक्रमण हुनेमा हवल्दार र जवान रहेको प्रहरी स्रोतले जनायो।

प्रहरी प्रवक्ता डीआईजी निरज शाहीका अनुसार कोरोनाको शंकामा उनीहरुको स्वाव परीक्षणको लागि टेकु अस्पताल पठाइएको छ। यसबारे थप जानकारी स्वास्थ्य मन्त्रालयले दिने उनले बताए। प्रहरी स्रोतका अनुसार अन्य तीन अधिकृतको स्वाव पनि परीक्षणको लागि पठाइएको छ। ४ जनामा कोरोना देखिएपछि अन्य १२ जना र परीवारका सदस्यको स्वाब पनि परीक्षणमा पठाइएको छ।  

 

 

 

प्रकाशित: ११ श्रावण २०७७ ०७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App