समाज

पहिराे प्रभावितलाई राहत वितरण

पहिराेले घरमा क्षति पुर्‍याएपछि विस्थापित बनेका बागलुङ नगरपालिका–५ का तीन परिवारलाई मालिका सेवा समाजले आज राहत रकम प्रदान गरेको छ । हेमराज उपाध्या, भागीरथ उपाध्या र टकमाया किसानको परिवारलाई जनही २५ हजार रुपैयाँका दरले राहत दिइएको समाजका अध्यक्ष दुर्गाबहादुर कुँवरले जानकारी दिए ।

पूर्वऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्माले विपद्मा परेका परिवारलाई सघाएकामा समाजको प्रशंसा गरे । राहत पाउने तीनै परिवार अहिले छिमेकीको आश्रयमा छन् । गत बुधबार गएको पहिराेले त्यहाँका नौ घरपरिवार प्रभावित छन् । कैँयन घर पहिरोको जोखिममा रहेको वडाध्यक्ष शिवप्रसाद सापकोटाले बताए । पहिरोले धानबालीमा समेत क्षति पुर्‍याएको छ ।

आजै बागलुङ नगरपालिका–३ का पहिरो प्रभावित कृष्ण सार्कीलाई पनि विभिन्न व्यक्तिले खाद्यन्नलगायत सामग्री सहयोग गरेका छन् । अपाङ्गता भएका सार्कीको परिवार पनि पहिरोको जोखिममा परेपछि विस्थापित अवस्थामा पुगेको छ । 

प्रकाशित: १० श्रावण २०७७ १४:२२ शनिबार

पहिराे प्रभावित