समाज

प्रहरीको थुनुवा कक्षमा बसेकालाई कोरोना पोजेटिभ

प्रहरी कार्यालयको थुनामा एक रात बसेका एक युवामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय इटहरीको थुनुवा कक्षमा साउन ४ गते राति बसेका विराटनगरका युवामा कोरोना पोजेटिभ पुष्टि भएको हो।

राजस्व चुहावटको आरोपमा राजस्व अनुसन्न्धान एकाई कार्यालय इटहरीले पक्राउ गरि साउन ४ गते इटहरी प्रहरी कार्यालयमा राखिएको थियो। तिनै २५ वर्षे युवालाई कोरोना पोजेटिभ भएपछि अहिले उनीसँगको सम्पर्कमा रहेका थुनुवा, प्रहरी र राजस्वका कर्मचारीको पिसिआर परीक्षण गरिने भएको छ। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार कोरोना पोजेटिभ भएका युवासँग आठ जना थुनुवा र पाँच जना सुरक्षाकर्मीको सम्पर्क भएको थियो। यस्तै, राजस्वका तीन जना कर्मचारीसँग सम्पर्क भएको थियो।  

कोरोना पोजेटिभ भएका युवासँगको सम्पर्कमा भएका सवैको पिसिआर परीक्षण गर्ने तयारी भएको इटहरी अस्पतालका रामकुमार धमलालले बताए।  राजस्व अनुसन्धान विभागको कार्यालय इटहरीको नियन्त्रणमा रहेका ती युवाको  मोरङको गोठगाउँस्थित आइसोलेसन वार्डमा राखि उपचार भइरहेको छ।  

प्रकाशित: १० श्रावण २०७७ ११:०४ शनिबार

कोरोना संक्रमण