समाज

स्रोत नखुलेको पैसा लिएर घर जाने क्रममा सुनसरीका वन प्रमुख पक्राउ

पैसा लिएर घर जाने क्रममा डिभिजन वन कार्यालय इनरुवा सुनसरीका प्रमुख रामबाबु साह शुक्रबार पक्राउ परेका छन् । वन प्रमुख साहलाई ५ लाख ५३ हजार रुपैयाँ रकमसहित रौतहट घर जाने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले पक्राउ गरेको हो ।

साहलाई कोशी गाउँपालिका वडा नं. ८ को कोशी व्यारेजबाट पक्राउ गरेको अख्तियारका केन्द्रिय प्रवक्ता तारानाथ अधिकारीले बताए । ‘स्रोत नखुलेको पैसा लिएर घर गएको सूचना आएपछि गाडीमा खानतलासी गर्दा पैसा भेटायौं,’ प्रवक्ता अधिकारीले नागरिकसँग टेलिफोनमा भने, ‘अनुसन्धानको लागि नियन्त्रणमा लिएका छौं । अब अनुसन्धानपछि सवै कुरा खुल्नेछ ।’ पक्राउ गर्दा पैसाको बारेमा सोधीखोजी गर्दा साहले पैसा कुन स्रोतबाट आयो ? भनेर खुलाउन नसकेको प्रवक्ता अधिकारीले जनाए ।  

इनरुवाबाट श्रीमती किरण साहसहित वन कार्यालय रामबाबु वन कार्यालयको बा २ झ ४१० नम्वर सरकारी गाडीमा घर रौतहटबाट तर्फ लागेका थिए । त्यही बेला अख्तियारले सूचना पाएर पक्राउ गरेको हो ।

प्रकाशित: ९ श्रावण २०७७ १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App