समाज

कर्णालीमा ११ जना कोरोना संक्रमित थपिए

कर्णालीमा शुक्रबार ११ जनामा कोभिड–१९ अर्थात् कोरोना भाइरस पुष्टि भएको छ । दैलेखका आठ, कालीकोटका दुई र जाजरकोटका एकजनामा कोरोना पृष्टि भएको हो ।  

दैलेखको आठवीस नगरपालिका–३, मा चारजना, उक्त नगरपालिकाको वडा नम्बर ४ मा एक महिला, ५ नम्बर वडामा दुई र गुराँस गाउँपालिकामा एकजना कोरोना संक्रमित पुष्टि भएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–३, र नरहरीनाथ गाउँपालिकामा एक/एकजनामा कोरोना पुष्टि भएको छ ।  

त्यस्तै जाजरकोटको छेडागाड नगरपालिका–१२ मा एकजना कोरोना संक्रमित भेटिएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार आठ सय २४ पुगेको छ भने उपचार गराएर डिस्चार्ज हुनेको संख्या एक हजार पाँच सय ८५ जना पुगेको छ ।

प्रकाशित: ९ श्रावण २०७७ १२:११ शुक्रबार

कर्णाली प्रदेश कोरोना संक्रमित