समाज

थप १ सय ३३ कोरोना संक्रमित हुँदा १०७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  

त्यस्तै कोरोना संक्रमण निको भई १ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।

प्रकाशित: ९ श्रावण २०७७ १०:४८ शुक्रबार

कोरोना संक्रमित