समाज

पहिरोमा पुरिएर एक बेपत्ता

चुमनुब्री गाउँपालिका वडा नम्बर ३ फिलिममा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन्। गएराति गोठमा सुतिरहेका बेला पहिरो खस्दा ७६ वर्षिय कान्छा गुरुङ बेपत्ता भएको वडा अध्यक्ष रामकुमार गुरुङले बताए।

बिहिवार राति ९ देखि १२ बजेको बिचमा पहिरो बगेको स्थानीयले बताएका छन। उनको खोजी भइरहेको सिर्दिबास प्रहरीले जनाएको छ।

प्रकाशित: ९ श्रावण २०७७ ०५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App