समाज

केराउ तस्करहरु फेरी सलबाउन थाले

लकडाउनका कारण फाटफुट मात्र अवैध रुपमा माल पास गराउने गरेका तस्करहरु अहिले फेरी सलबलाउन थालेका छन् । लकडाउन खुकुलो भए यता केराउ तस्करहरुले फेरी चोर नाका हुँदै भारत तर्फ केराउ पठाउन थालेका हुन् । भारत सरकारले जीएसटी लागएसंगै कर बढी तिर्नुपर्ने भएपछि केराउ भारतमा महंगो भएको ब्यापारीहरु बताउँछन् । तिनै ब्यापारीहरुले तेश्रो मुलुकबाट नेपालमा केराउ ल्याउने गर्छन् र अवैध रुपमा फेरी भारत मै लैजाने गरेका ब्यापारीहरु बताउँछन् ।  

मटरको कारोवार सीमा क्षेत्रका जिल्लाहरुमा हुने गरेको छन् । एक महिना अघि तस्करहरुले सहजै केराउ अवैध रुपमा चोर नाका हुँदै पुृर्‍याउने गरेका थिए । तर प्रहरी उपरिक्षक नवराज अधिकारी एक महिना अघि सरुवा भई आएपछि तस्कारीको माल धमाधम पक्राउ परेका छन् । ‘केराउ तस्करहरु सलबलाएका छन् तर नयाँ एएसपीले कडाई गरेपछि धमाधम केराउ पक्राउ पर्न थालेका छन्’ एक ब्यापारीले भने । केराउ, सुपारी, मरिच, चाइनिज स्याउ, रक्सी, चुरोट लगातयका सामानहरु तस्काहरुले भारतमा पुर्‍याउने गरेका छन् ।  

बुधबार कृष्णनगर नगरपालिका–३ लक्ष्मीनगरबाट प्रहरीले ६८ बोरा केराउ बरामद गरेको छ । लक्ष्मीनगरका टिर्रो भनिने कमला आरखको घरमा भारततर्फ निकासीका लागि स्टोर गरि राखिएको केराउ बरामद गरेको थियो । कपिलवस्तु प्रहरीले पछिल्लो समय नेपाल हुँदै विना भन्सार भारत निर्यात गरिदै आएको केराउमा निगरानी बढाउन थालेको छ । एक महिना अघि चाकरचौडाबाट पकडी तर्फ आउँदै गरेको लु १ ख ८९५१ नम्बरको ट्रकमा अवैध रुपमा सेतो केराउ बरामद गरेका थियो ।  

ट्रकभित्र रहेको ५ सय ३० बोरा केराउ अवैध ढंगले कपिलवस्तु भित्र्याएको थियो । प्रहरी नायब उपरिक्षक सुनील मल्लले तस्करी नियन्त्रणमा प्रहरीले बिशेष कडाई गरेको बताए । उनले अहिले जिल्लामा धमाधम तस्कारीका मालहरु बरामद भईरहेको बताए । ९३ किलो मिटरको खुला सीमाका कारण निगरानी गर्न गाह्रो परेको उनले बताए । मातहतका युनिटलाई तस्कारी रोक्न कडा निर्देशन दिएको उनले बताए ।

प्रकाशित: ८ श्रावण २०७७ १३:३४ बिहीबार

लकडाउन केराउ तस्कर