समाज

सिन्धुलीका फरार अधियुक्त उदयपुरमा पक्राउ

६ महिनाअघि सवारी ज्यान मुद्दामा दोषी ठहर भएपनि फरार एक अभियुक्तलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । गत फागुन १२ गते सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ पलासेस्थित घटनाका सवारी ज्यानका फरार त्रियुगा नगरपालिका-२ मोथियाहीका २१ वर्षे अशोक भन्ने बाबुराम प्रधान बिहीबार पक्राउ परेका हुन् ।

प्रहरी खोजीको सूचीमा रहेपनि लुकिछिपी घरमै बसिरहेको भन्ने विशेष सुराकीको आधारमा गएको जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डिएसपी गोविन्द पुरीले बताए । पक्राउ प्रधानलाई आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित जिल्ला सिन्धुली प्रहरी कार्यालय पठाइएको पुरीले बताए ।

प्रकाशित: ८ श्रावण २०७७ १२:०९ बिहीबार

पक्राउ फरार अधियुक्त