समाज

कुलोबाट चिप्लेर लड्दा मृत्यु

कुलोमा चिप्लेर लड्दा उदयपुमा एक जनाको मृत्यु भएको छ। खेतमा पानी लगाउन जाँदा कुलोबाट चिप्लेर लड्दा जिल्लाको कटारी नगरपालिका १४ घुर्मीका ५७ वर्षिय कृष्णबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।  

बुधबार दिउँसो घुर्मीस्थित खेतमा सिंचाई गर्न ल्याइएको बादुरा खोला मुहानको कुलोमा पानी डोल्याउन गएका मगर कुलोको डिलबाट चिप्लेर ३० मिटर तल खसेका थिए। लडेर गम्भीर घाईते भएका उनको मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।    

इलाका प्रहरी कार्यालय कटारी र घुर्मी चौकीबाट गएको संयुक्त टोलीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी मृतको शव पोष्टमार्टमका लागि कटारी अस्पताल ल्याइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गोविन्द पुरीले बताए।

 

प्रकाशित: ८ श्रावण २०७७ ०६:२६ बिहीबार

मृत्यु