समाज

देशभर १७ घण्टामा १७ विपद् : कहाँ के भयो ?

फाइल तस्बिर

बितेको १७ घण्टामा देशका विभिन्न स्थानमा १७ विपद्का घटना भएका छन् । कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाहेक बाँकी १६ घटना वर्षासँग सम्बन्धित छन् ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो मंगलबार साँझ ६ बजेदेखि आज बुधबार बिहान १० बजेसम्म देशभरमा बाढीपहिरोका कारण तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।  

यस्तै यस अवधिमा कञ्चनपुरको वेदकोट नगरपालिका–१, चम्फापुरस्थित शुक्लाफाँटा आरक्षका जंगली बँदेल बस्तीमा पसी आक्रमण गर्दा तीन जना घाइते भएका छन् ।  

बाँकी विस्तृत विवरणका लागि प्राधिकरणको यो बुलेटिन पढ्नुहोस् : 

प्रकाशित: ७ श्रावण २०७७ ०८:१४ बुधबार

विपद्