समाज

खोलाले बगाउँदा मृत्यु

पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–६ स्थित झिग्नी खोलाले बगाउँदा बेपत्ता भएका ६९ वर्षीय चन्द्रबहादुर बुढा मृत फेला परेका छन् । 

सोमबार झिग्नी बजारबाट कैनपानी घर फर्कने क्रममा बेलुका साढे चार बजेतिर उनलाई खोलाले बगाएको थियो । उनको शव एक किलोमिटर तल राउटे चौर नजिकैको खोलामा मंगलबार विहान फेला परेको स्थानीय मानबहादुर बस्यालले जानकारी दिए ।

प्रकाशित: ६ श्रावण २०७७ ०८:४० मंगलबार

खोलाले बगाएर मृत्यु