समाज

धादिङको आगिन्चोकमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ आगिञ्चोकमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय मिलन खाँण, २२ वर्षीय श्रीमती सम्झना खाँण र दुइ वर्षीया छोरी अन्जिता खाँण रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए। अबिरल बर्षासँगै आएको पहिरोले पुरिदाँ मंगलबार बिहान मृत्यु भएको हो।  

प्रहरी, उद्धारकर्मी र स्थानीयको सहयोगमा मृतकहरुको शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सोमबार मात्रै गजुरी गाउँपालिकाकी १७ वर्षीया निरुता परिवारको पहिरोमा परि मृत्यु भएको थियो।

निरन्तरको बर्षाले जिल्लाको उत्तरी क्षेत्र र राजमार्ग क्षेत्रमा क्षति पु¥याएको छ। धादिङ र चितवन जोड्ने मौवाखोलाको पुल भत्किदाँ आवातजावत ठप्प छ। पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

प्रकाशित: ६ श्रावण २०७७ ०२:१६ मंगलबार

बाढीपहिरो