समाज

मौवाखोलामा सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध

पृथ्वीराजमार्गको मौवाखोला सडक भासिँदा आउजाउ अवरुद्ध भएको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको सिमानामा पर्ने मौवाखोलामा पुलछेउको सडक कटानका कारण भसिएको हो। सडक भासिँदा सोमबार दिउँसोदेखि सवारी साधन आउजाउ बन्द भएको इच्छाकामना गाउँपालिका अध्यक्ष गिता गुरुङले बताईन्।  

‘पृथ्वीराजमार्गको तीन चार ठाउँमा र नारायण मुग्लिन सडक खण्डको पनि ठाउँ ठाउँमा पहिरो खसेको छ’ उनले भनिन् ‘गाउँपालिकाको डोजरले पन्छाउने काम भईरहेको छ।’ साना पहिरो पन्छाएपनि मौवाखोलामा ठूलो पहिरो र सँगै सडक भासिएकाले काम गर्न नसकिएको उनले बताईन। राजमार्गमा यात्रा गर्दा सचेत रहन समेत उनले यात्रुहरुलाई अनुरोध गरिन।  

पृथ्वीराजमार्गको मौवाखोलामा भत्किएको सडक। तस्बिर : दानबहादुर गुरुङ

 

 

प्रकाशित: ५ श्रावण २०७७ ११:३६ सोमबार

वर्षा सडक