सोमबार बिहान ७ बजेदेखि २४ घण्टा अर्थात् मंगलबार बिहान ७ बजेसम्म देशका कुन–कुन नदी तथा जिल्लामा बाढीको सम्भावना छ भन्ने जानकारी बाढी पूर्वानुमान महाशाखाले दिएको छ ।
यो पनि पढ्नुहोस्
न्यून चापीय रेखा नेपालतर्फ नजिकियो, वर्षा झनै बढ्ने
महाशाखाका अनुुसार आज (सोमबार) सबैभन्दा बाढीको खतरा नारायणी नदीमा छ । यसैगरी आज कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्तीका केही सहायक नदीमा पनि आकस्मिक बहावले खतरा तह पार गर्ने सम्भावना छ ।
यसैगरी प्रदेश २ का सबै क्षेत्र र देशका धेरै जिल्लामा बाढीको जोखिम रहेको महाशाखाले जानकारी दिएको छ ।
विस्तृत जानकारीका लागि तलको सूचना हेरौं :
प्रकाशित: ५ श्रावण २०७७ ०९:५२ सोमबार