समाज

नारायणी नदीले ‘खतरा’ तह नाघ्यो, ‘हाई अलर्ट’ जारी

फाइल तस्बिर : नारायणी नदी

निरन्तरको वर्षाले नारायण नदीमा बाढी उर्लिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनृुरोध गरेको छ। 

यो पनि पढ्नुहोस्

‘पाँच दिन ठूलो वर्षाको सम्भावना, ज्यान जोगाऔं’

नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जल सतहले ‘खतरा’ तह पार गरेकाले नारायणीको तटीय क्षेत्रमा पर्ने नवलपरासी र चितवनका बासिन्दालाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा सर्न भन्दै बाढी पूर्वानुमान महाशाखाले ‘हाई अलर्ट’ जारी गरेकाे छ।

यो पनि पढ्नुहोस्

न्यून चापीय रेखा नेपालतर्फ नजिकियो, वर्षा झनै बढ्ने

प्रकाशित: ५ श्रावण २०७७ ०८:०३ सोमबार

उच्च सतर्कता नारायणी नदी