लगातार बर्षातपछिको पहिरोका कारण आँबुखैरेनी–गोरखा राजमार्ग आज अवरुद्ध भएको छ । गोरखा नगरपालिका १२ स्थित सात किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको वडा अध्यक्ष डिलबहादुर थापाले बताए । सडक गएरातीदेखि अवरुद्ध भएको हो । सडकमाथिको ढिस्को भत्किएर लेदो माटोले सवारी आउजाउ गर्न नमिल्ने भएको छ ।
‘अहिले सडक खुलाउने तयारी भईरहेको छ’ ट्राफिक प्रहरी टिका शर्माले भने । डोजर लगाएर पहिरो पन्छाउने काम सुरु भएको उनले बताए । सडक अवरुद्ध हुँदा गोरखा भित्रने र बाहिरिने सवारीको पहिरो नजिक लाम लागेको छ ।
प्रकाशित: ४ श्रावण २०७७ ०६:२८ आइतबार