समाज

खोलामा महिला मृत अवस्थामा फेला

कपिलवस्तुको वाणगंगामा नगरपालिका वडा नं. ३ चम्कीपुरको जगैया खोलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । स्थानीय ५८ वर्षीया बेली भुसाल शनिबार विहान मृत भेटिएकी हुन् । एकाविहानै मर्निङ वाक गरी निस्किएको भएपनि पछि स्थानीयले खोलामा डुबेको अवस्थामा देखेका थिए । 

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषकुमार जोशीका अनुसार मृत भेटिएकी भुसाल एकाविहानै मर्निङ वाक गरी निस्किएको भएपनि पछि स्थानीयले खोलामा डुबेको अवस्थामा देखेका थिए । उनी जण्डिज रोगबाट पीडित रहेको जनाइएको छ । शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल पठाइएको जोशीले बताए । घटनाबारे थप अनुसन्धान भैरहेको उनले बताए ।

प्रकाशित: ३ श्रावण २०७७ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App