समाज

बिप्लव नेकपाका रोल्पा ईन्चार्ज पक्राउ

बिप्लव नेतृत्वको नेकपा रोल्पाका जिल्ला ईन्चार्जलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रोल्पा प्रहरीको बिशेष ब्युरो टोलीले जिल्ला ईन्चार्ज कमल थापा बिजुलीलाई उनकै गाउँ गजुलबाट पक्राउ गरेको हो । रोल्पा प्रहरी प्रमुख डिएसपि चित्रबहादुर गुरुङले जिल्ला थापालाई उनकै गाउँ गजुलबाट पक्राउ गरिएको पुष्टी गरेका छन् । उनले भने ‘धम्की दिने, चन्दा आतंक मच्चाएको भन्दै उनलाई पक्राउ गरेका हौ ।’

डिएसपि गुरुङका अनुसार ईन्चार्ज थापा अन्य तिनवटा आरोपका फरार अभियुक्त समेत हुन । पछिल्लो समय रोल्पामा कर्मचारी, जनप्रतिनिधि, बिभिन्न योजनाका उपभोक्ता समिति र शिक्षक लगायत संग ठुलो मात्रामा चन्दा उठाउन थालिएको भन्दै रोल्पा प्रहरीले बिप्लव नेतृत्वको नेकपा बिरुद्ध आक्रामक शैलिमा प्रश्तुत हुने तयारीमा समेत रहेको छ ।

प्रकाशित: २ श्रावण २०७७ १५:३३ शुक्रबार

बिप्लव नेकपा